डा. सबिना सिंखडा बिगत लामो समय देखी निसन्तान दम्पतीहरुको लागी कसरी सन्तान प्रदान गरिन्छ भन्ने क्षेत्रमा काम गरिरहेकी छन् । बारदान फर्टिलिटी सेन्टर काडमाण्डौंकी संचालिका समेत रहेकी डा. सिंखडासंग महिलाका समस्या र बाँझोपनको बारेमा धेरै अनुभव छ । बिशेषत बाँझोपन भएका वा भनौ सन्तान नभएकाहरुको उपचारमा उनी रातदिन खटिएकी छन् । यौन र प्रजनन एक अर्कामा परिपुरक भएकाले कुनै पनि परिवार नियाजनको साधन प्रयोग नगरी एक बर्ष सम्म यदी कुनै दम्पतीको बच्चा हुँदैन भने त्यो बाँझोपन हुने उनको धारणा छ । बाँझोपन वा निसन्तानपन भयो भन्दैमा आत्तिन हुँदैन र यसको उपचार संभव भएको समेत उनले बताईन् । महिनावारीको समयमा हुने यौनसम्पर्कलाई धेरैले जिज्ञासाको रुपमा लिने भएकाले उक्त समयमा सकभर यौनकार्य नगर्न पनि उनले सुझाब दिएकी छन् । हेनुैहास् उहाँसंग गरिएको कुराकानी ।

तपाईको प्रतिक्रिया