काठमाडौँ – राजधानीमा सम्पन्न “नेसनल इन्टरटेनमेन्ट अवार्ड-२०२१” मा समाजसेवी अन्जु बुढाथोकी ‘राष्ट्रिय समाजसेवी सम्मान-२०२१’ बाट सम्मानित भएकी छिन। बिगत लामो समय देखि विभिन्न तह तप्कामा रहेर, संघ संस्था तथा लायन्स क्लब संग आबद्ध रहेर देश र समाजको लागि सामाजिक कार्य मार्फत पुर्याएको अतुलनिय योगदान स्वरुप उनिलाई सम्मानित गरिएको थियो। पश्मिना तथा अन्य उधोग संचालन गर्दै युवाहरुलाइ स्वदेशमा नै स्वरोजगार बन्नु पर्छ भन्ने अबधारणा लिएर अगाडी बढेकी समाजसेवी अन्जु बुढाथोकी सामाजिक क्षेत्रमा परिचित नाम हो।
चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, बरिष्ट अभिनेता कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष रबिन्द्र खड्का, निर्माता संघको अध्यक्ष आकाश अधिकारि, चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र द्वन्द संघका अध्यक्ष नारयण प्रधान, लोकप्रिय अभिनेत्री दीपाश्री निरौला र प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ सहितका अतिथिले फुलमाला लगाएर ताम्रपत्रद्धारा उनलाई सम्मानित गरेका हुन् ।
दिन, दुखि, गरिब, असाहय तथा अनाथहरुको पिडामा मलम लगाउन सफल बुढाथोकीले भुकम्प होस् या कोरोना होस्, उत्तिकै सक्रिय रहेर सामाजिक कार्यमा आफ्नो उपस्थिति बलियो बनाएकी थिइन्। अनाथ आश्रम देखि बिकट गाउँ सम्म पुगेर, चामल, लत्ता कपडा देखि शैक्षिक सामाग्री समेत उनिले वितरण गरेको थुप्रै उदारणहरु भेटिन्छन। उनिले राष्ट्र र समाजको लागि पुर्याएको योगदानको उच्च कदर गर्दै समाजसेवी अन्जु बुढाथोकीलाइ यस बर्षको ‘राष्ट्रिय समाजसेवी सम्मान-२०२१’ बाट सम्मानित गरिएको थियो।










