- नारद प्रसाद आचार्य

अमेरिका अप्रेल १, २०२१

अमेरिकाको पेन्सिलभेनिया राज्यको हेरिस्वर्ग शहरमा अवस्थित हिन्दुधर्म तथा साँस्कृतिक संगठनले श्रीलक्ष्मीनायारण हरिहर धाममा ,अप्रेल १२ २०२१ को दिन कलस यात्र देखि गर्दै २१ दिनाङ्कमा पुर्णाहुति हुने गरी श्रीमद्वाल्मीकीय रामयण नवाह ज्ञान महायज्ञको आयोजना गरेको कुरा संगठनका अध्यक्ष डा० तुलराम न्यौपानेले बताउनु भयो। उक्त सङ्गतिमय यज्ञका प्रमुख वाचक अनन्त श्री विभूषित स्वामी श्रीचक्रपाणि महाराज रहनु हुने जानकारी प्राप्त भएको छ । प्रतिदिन १५ जाना विद्वान पण्डितहरूबाट वाल्मीकी रामायण लगायत पौराणिक ग्रन्थहरूको पाठ पारायण हुनेछ।

यसै संगठनका भूपू अध्यक्ष श्री यादु प्रसाद आचार्यले ,विश्वाशान्ति हेतु यो महायज्ञको संमयोजन गरेको बताएका छन् । वसुधैव कुटुम्बकलाई आत्मसात गर्दै
भात्रित्वाको भावनालाई मध्य नजर राखेर गरिने यो ज्ञानयज्ञ दोस्रो पट्क हुन लागेको हो। संसारभरी छरिएर बसेका हिन्दुधर्ममा आस्था र विस्वास गर्ने श्रद्धेय भक्तभागवतहरूबाट प्राप्त सहयोगले भवन स्थापना गरिएको हो।

अत: एव यो भवन मन्दिर र नेपाली शिक्षाको प्रयोजनको लागि अमेरिकि डलर १० लाखमा लिएको हो । प्रति वर्ष २५०-३००
बाल बालीकाहरू लाभान्वित भएको कुरा शिक्षा विभागका कर्मचारीले प्रस्तुत गरेका छन् भने मन्दिरमा भक्तजनको बक्लो उपस्थिति हुने गरेको छ।

तपाईको प्रतिक्रिया