चर्चित गायक, संगीतकार एवम् अभिनेता कोशिष क्षेत्रीको स्वरमा ‘बिहानी पख’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। थोत्रो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गतिमा कोशिषकै शब्द संगीत रहेको छ।
उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा स्टुडियो फिलमा कुमार केसीले रेकर्ड गरेका हुन् भने गीतको ध्वनि सम्पादन अशोक महर्जनले गरेका छन्।गायक क्षेत्रीले बिहान उठ्नेबित्तिकै आफूसँगै निदाएको गितार हातमा लिएर मानसपटलमा फुर्दै गएका शब्दहरूमा संगीत भरेको बताए। उनले भने, ‘यस्तो विधाका गीत गाउन मलाई एकदमै मन पर्छ । यस्ता गीतमा आफु अझै खुल्न सकेको महशुस हुन्छ।’
सफ्ट रोमान्टिक शैलिको यो गीतको भिडियोमा सन् २०१५ को मिस्टर नेपाल टाइटल विजेता सन्दिप पोखरेल र पुजा केसीको अभिनय हेर्न सकिन्छ। मिस्टर नेपाल पाखरेलले आधिकारिक रूपमा पहिलो पटक गीतको भिडियोमा अभिनय गरेका हुन्।




































