काठमाडौं ।  चर्चित गायिका अस्मिता अधिकारी र गायक सुजन आङ्देम्बे लिम्बुको युगल गायनमा रहेको ‘यो पुरा जीवननै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेमिल शैलीको यस गीतमा आरिया काम्बाङ्गको शब्द रहेको छ भने स्वयम् गायक लिम्बुको संगीत र संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा गायक लिम्बुको साथमा मौसम तुम्सा लिम्बुको अभिनय रहेको छ। विनोद विनिर्जारा राई र धिराम तुम्बापोले छायाँकन गरेको यस भिडियोलाई विनोद विनिर्जारा राई र अशोक राईले सम्पादन गरेका हुन्।
आरिया लिम्बु निर्मात्री रहेको यस भिडियोलाई थमन केसीको निर्देशनमा तयार पारिएको हो। एसएसओजी अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

‘यो पुरा जीवननै’ भिडियो हेर्नको लागि तलको युट्युब लिंक थिच्नु होला

https://youtu.be/sv-Ux3R67Ls

तपाईको प्रतिक्रिया