काठमाण्डौ जेष्ठ १७ – विभिन्न गीत संगीतहरु सार्बजनिक गर्दै आएको डी.ए.आर डिजिटल युट्युब च्यानल मार्फत भर्खरै मात्रा “जात” बोलको गीत सार्बजनिक भएको छ । सार्बजनिक गीतमा आफुले अथाह माया गरेको प्रेमिकालाई जातियताको आधारमा समाजले अलग गराएको वियोगान्त प्रेम प्रसङ्ग सामबेश छ । प्रभावन जे को लय तथा शब्द सिर्जना बाट सजिएको माथि उल्लेखित गीतमा रामकुमार नेपाली र बेनिषा पौडेलको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतमा समाबेश भाव भित्र प्रेम वियोग भएता पनि यसलाई छुवाछुत बिरुद्धको आवाजको रुपमा पनि लिन सकिन्छ । डी.ए.आर मुभिज एण्ड फिल्म्स ले तयार पारेको यस गीतको म्युजिक भिडियोमा जिबन भट्टराई र लक्ष्मी बर्देवाको अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र शर्मा हुमागाईं द्वारा छायांकन भएको यस गीतको म्युजिक भिडियोलाई सम्पादन कृष्ण गौतमले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=KKxobiNp5Bw

तपाईको प्रतिक्रिया