काठमाडौं – गोविन्द भट्टराईद्वारा लिखित पुस्तक ‘कार्ल माक्र्सको कसम, केही विकासका कुरा केही निकासका कुरा’ आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
सो अवसरमा नेसनल रोड सेफ्टी एलायन्स – नेपालका अध्यक्ष योगेश भट्टराई, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, पूर्व मुख्य सचिव लिलामणि पौडेल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपाल, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत विभिन्न प्रतिष्ठित व्यक्तिहरुको संलग्नतामा विभिन्न विषयहरुमा अन्तरसंवाद गरिएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, जनसंख्या विभागका प्रमुख प्रो.डा. योगेन्द्र बहादुर गुरुङ, नासा नेपालका अध्यक्ष दशरथ रिसाल, रोड सेफ्टी विज्ञ डा. सुनिल जोशी, राष्ट्रिय खेलकुद परिषदका सदस्यहरु सुवर्ण श्रेष्ठ, मनदेव हजारा र सम्पन्न श्रेष्ठ, वैदेशिक रोजगार बोर्डकी सदस्य राधिका कटुवाल तथा पूर्व सांसद शिवजी यादव लगायतको सहभागिता रहेको थियो । सांकेतिक रुपमा एफआईएद्वारा मान्यता प्राप्त हेल्मेट डा. सूर्यराज आचार्य, सर्वेन्द्र खनाल, डा. शिवजी यादव, डा. सुनिल जोशी र सामाजिक अभियन्ता खुसी पाठक लगायतलाई वितरण गरिएको थियो ।
विगत २ दशक देखि सडक सुरक्षा तथा डेढ दशक देखि नेपालको खेलकुद तथा पर्यटन क्षेत्रमा संलग्न सामाजिक अभियन्ता गोविन्द भट्टराईद्वारा विभिन्न समयमा प्रकाशित लेख रचनाहरुको संग्रह ‘कार्ल माक्र्सको कसम’ प्रकाशित गरिएको हो । विभिन्न अभियान तथा नीति निर्माणमा समेत सहयोगी हुने उक्त पुस्तक होम डेलिभरीमार्फत उपलब्ध गराइने नासा फाउन्डेसनले जनाएको छ ।




































