काठमाण्डौ भाद्र २७ – लोकप्रिय गायक तथा सर्जक उद्धब घिमिरेले भर्खरै मात्र निकै मन छुने गीत “एकैछिन भेटौंन” लाई सार्बजनिक गरेका छन् । आफुले माया गरेको मान्छेको बिहे, अर्कै संग हुने हल्ला चलेपछि त्यसको वियोगमा तयार पारिएको यस गीतमा लय दिनेश श्रेष्ठले तयार पारेका छन् भने शब्द भने रमेश बि.जी को रहेको छ । गीतमा स्वर उद्धब घिमिरे र संगीता ढुंगेलको सुमधुर स्वर सुन्न सकिन्छ । स्थायी घर दोलखा भएका गायक तथा सर्जक उद्धबको यस भन्दा पहिलेका पनि अजरअमर गीत बजारमा रहेका छन् ।

“एकैछिन भेटौंन” बोलको गीतको म्युजिक भिडियोमा उद्धब घिमिरे, संगीता ढुंगेल, केशब घिमिरे बिनिशा गिरी र लक्ष्मण चौलागाईंको अभिनय देख्न सकिन्छ । उद्धब घिमिरे अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन खमेश श्रेष्ठले गरेका हुन् भने छायांकन प्रवेश पोख्रेल र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया