काठमाडौं भाद्र २८ । सुदन खत्रीको शब्द,एलेन मगरको संगीत, मिठो स्वरकी धनी गायिका अन्जु पन्त र सबैको लोक प्रिय गायक प्रताप दासको स्वरमा ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ ।
अन्जु पन्त र प्रताप दासले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शक माझ पुर्याइसकेका छन् । त्यस्तै सुदन खत्री/एलेन मगरले पनि विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिईसकेका छन् । जिम्बे राईले विभिन्न म्यूजिक भिडियो र रश्मी भट्टले दर्जनौं भिडियो तथा चलचित्रमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भैसकेका छन् ।
गीतमा सुदन खत्रीको शब्द,एलेन मगरको संगीत रहेको छ । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कुमार रानाले मिक्सिङ/मास्टरिङ र बिशाल निरौलाले संगीत संयोजन गरेका हुन् ।
राहुल बराईलीको कथा/निर्देशन रहेको उक्त भिडियोमा रश्मी भट्ट/जिम्बे राई र मदन थापाको अभिनय रहेको छ । उत्तम हुमागाईंको छायांकन रहेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । रनव इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘आमा’ बोलको गीतको म्यूजिक भिडियो Ranav Entertainment अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।