काठमाण्डौ अशोज २६ – नेपाली लोक दोहोरी को बिसेषता नै यहि हो, जुन गीतमा सामाजिक यथार्थता हुन पर्दछ । उक्त गीतमा माटो बोल्नु पर्दछ । यसै कुरालाई मध्यनजर गर्दै भर्खरै मात्र लक्ष्मी के.सी ले “लागें परदेश” बोलको गीत सार्बजनिक गरेकी छिन् ।
स्थायी घर नुवाकोट भएकी उनि स्वदेशमा रहँदा आर्थिक कारोबारबाट केहि समस्यामा परेकी र सोहि समस्या बाट मुक्ति पाउन बाध्यता बस हाल कुबेतमा रहेकी छिन् । यसै कारणले पनि लक्ष्मीले माथि उल्लेखित गीतलाई आफ्नो जिबन कथा संग सम्बन्धित भनेर सार्बजनिक गरेकी हुन् ।
लागें परदेश बोलको गीतमा उद्धव कार्की र लक्ष्मी के.सी को स्वर सुन्न सकिन्छ । गीतलाई लय सुफिक्स मदनले तयार पारेका हुन् भने शब्द अशोक कुमार सापकोटा र लक्ष्मी के.सी को रहेको छ । एक सामाजिक यथार्थपरक गीतको म्युजिक भिडियोमा शोभा त्रिपाठी, निरज श्रेष्ठ र रामहरी भण्डारीको घत लाग्दो अभिनय देख्न सकिन्छ ।
यस गीतको म्युजिक भिडियोलाई अशोक कुमार सापकोटाले निर्देशन गरेका हुन् भने छायांकन नबिन तोलांगी र सम्पादन कल्पेश बिस्वकर्माले गरेका छन् । गीतको म्युजिक भिडियोलाई रबिन के.सी नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।