- ज्योत्स्ना घिमिरे

चितवन : रमेश खतिवडाद्वारा लिखित समालाेचनात्मक पुस्तक `परिचर्चा´ विमाेचन कार्यक्रम कार्त्तिक १२ गते शनिवारका दिन इच्छाकामना- ३ चुम्लिङटारमा सम्पन्न भएकाे छ ।१० अाेटा कृतिमाथि केन्द्रित रहेर तयार गरिएकाे समालाेचनात्मक पुस्तकमा विविध विधाका १२ अाेटा समालाेचनात्मक लेखहरू समेटिएका छन् । पुस्तककाे विमाेचन कवि कृष्णप्रसाद पाेखरेल, गाेविन्दप्रसाद पाैडेल, एकराज शर्मा, अनिल श्रेष्ठले गर्नुभयाे । गाेविन्दप्रसाद पाैडेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि कवि कृष्णप्रसाद पाेखरेलले युवा समालाेचक रमेश खतिवडा सानै उमेरमा नेपाली साहित्यका विविध विधामा कलम चलाउने व्यक्तित्व रहेकाे टिप्पणी गर्नुभयाे ।
परिचर्चा समीक्षासङ्ग्रहमाथि टिप्पणी गर्दै समालाेचक तेजविलास अधिकारीले समालाेचनात्मक पुस्तकले युवा कवि एवम् कथाकार रञ्जन घिमिरेदेखि स्थापित छन्द कवि कृष्णप्रसाद पाेखरेलकाे कृतित्व र व्यक्तित्वलाई समेत उजिल्याउँदै स्रष्टाहरूका सृजनात्मक चेतलाई मसिनाे ढङ्गले केलाएर कृतिपठनबाट नयाँ ढङ्गकाे बहस विवेचनाकाे थालनी गर्नुभएकाे बताउनुभयाे । कार्यक्रममा बालकविहरू अायाम अधिकारी, प्राप्ति पाेखरेलले बालकविता प्रस्तुत गर्नुभयाे भने नारायण पाैडेल, रामनाथ त्रिपाठी, श्रीरेन्द्रप्रकाश पाेखरेल अादि स्रष्टाहरूले कविता वाचन गर्नुभयाे । कार्यक्रमकाे सञ्चालन नारायण पाैडेलले गर्नुभयाे भने समालाेचक रमेश खतिवडाले कार्यक्रममा अाफ्नाे समालाेचना यात्राका बारेमा विचार राख्नुभयाे । कार्यक्रममा लेखकलाई माधवप्रसाद खनाल, एकराज शर्मा, श्रीरेन्द्रप्रकाश पाेखरेल, अनिल श्रेष्ठ, विष्णुप्रसाद सापकाेटा, शिव पाैडेल, नारायण भट्टराई, रामप्रसाद पाैडेल, हिमलाल अधिकारी, रामकृष्ण पाैडेल, सङ्गीता पाेखरेल अादिले शुभकामना व्यक्त गर्नुभयाे । धादिङ, तनहुँ, चितवन र गाेरखाका तीन दर्जन स्रष्टा र साहित्यानुरागीहरूकाे उपस्थिति रहेकाे साे कार्यक्रममा ईश्वरविलास अधिकारीले स्वागत मन्तव्य र वैकुण्ठप्रसाद पाैडेलले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया