काठमाण्डौं, १८ कात्तिक । काठमाण्डौं क्षेत्र नं. ४ (ख) का राप्रपा उम्मेदवारहरु पुन्यलाल श्रेष्ठ र ठाकुर मोहन श्रेष्ठले घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

विहिबार काठमाण्डौं क्षेत्र नं. ४ (ख) का ७ वटा टोलमा घरदैलो गरिएको राप्रपा को सचिवालयले जनाएको छ ।

उम्मेदवार हरुले घरदैलोसँगै ५ वर्षमा निर्वाचन क्षेत्रमा आफुले आगामी दिनमा गर्ने योजना, ५ वर्षको अवधिमा शुरु भएर बाँकी रहेका योजनाहरु लाई अगाडिका जनप्रतिनिधिहरुको गतिविधिलाई निरन्तरता दिने समेत बताउनुभयो ।

मुलुकको समृद्धिको लागी राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्नुको विकल्प नरहेको काठमाण्डौं प्रदेश सभा सदस्यका उम्मेदवार पुन्यलाल श्रेष्ठले बताउनुभयो ।

मंसिर ४ गते हुने निर्वाचनका लागि घर–घरमा राप्रपाका उम्मेदवारहरु श्रेष्ठहरु पुग्दा स्थानीयवासीहरुले भव्य स्वागत गर्दै आएका छन् । ठाकुर मोहन श्रेष्ठ लाई आगामी दिनमा गर्नुपर्ने योजनाहरुपनि स्थानीयबासीले टिपाउने गरेका छन् ।

काठमाण्डौंमा राप्रपाले निर्वाचन क्षेत्र र प्रदेशवासीमा उल्लेख्य काम काम गरेको स्थानिय बासीको भनाई छ ।

काठमाण्डौं क्षेत्र न ४ (ख) को घरदैलो कार्यक्रममा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर मोहन श्रेष्ठ पनि सहभागी हुनु भएको थियो ।

भष्ट्रचार मुक्त मुलुक निमार्ण गर्न र समुन्नत नेपाल निमार्ण गर्न र निशुल्क शिक्षा र स्वास्थ्य र आफनो क्षेत्रमा रहेका विभिन्न मठ मन्दिर र धार्मिक गुठीहरुलाई संरक्षण गर्दै आफनो क्षेत्रमा बाहय पर्यटक भित्राउने राप्रपाको मुख्य योजना रहेको ठाकुर मोहन श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया