काठमाण्डौ कार्तिक १९ – नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पुनः अर्को लोभ लाग्दो प्रस्तुति सार्बजनिक भएको छ । उक्त गीत बिदुर खड्काको “मायाको पिरलो” बोलको रहेको छ । गीतमा बिदुर खड्का र शारदा रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ । गीत सुन्दा बिस्वको जुनसुकै कुनाकन्दरामा रहेता पनि आफ्नै गाउँवस्तीमा पुगेको महसुस हुनेछ । माथि उल्लेखित गीतलाई लय आकाश राइले भरेका हुन् भने शब्द सुर्य तामाङ्गको रहेको छ ।
ख्याल ख्याल होइन यो साँचो माया
नसोच है ए काली दुई दिनको घामछाया
जङ्गलको स्याल घरैको बिरालो
नक्कलीको ए काली सधैं छ पिरलो
यसरी बुनिएको “मायाको पिरलो” बोलको गीतको म्युजिक भिडियोमा भुवन चौलागाईं, बिदुर खड्का, अनु पराजुली र दिब्य न्यौपानेको आकर्षण नृत्य सहितको अभिनय देख्न सकिन्छ । उनीहरुलाई कोरियोग्राफर निरेन श्रेष्ठले नचाएका छन् । कोरियोग्राफर निरेन द्वारा नै निर्देशित गीतको म्युजिक भिडियोलाई छायांकन राम के.सी ले गरेका हुन् भने सम्पादन राजकुमार मगरले गरेका छन् । गीतको अडियो तथा भिडियोको सर्वधिकार लोक चौतारी नामको युट्युब च्यानल संग सुरक्षित रहेको छ । त्यसो त यस युट्युब च्यानल बाट यस भन्दा पहिले पनि थुप्रै हिट गीतहरु सार्बजनिक भैसकेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।