काठमाण्डौ कार्तिक २० – बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकतालाई ख्याल गर्दै आराधाना संगीत नामको युट्युब च्यानल मार्फत पछिल्लो समय माधब बस्नेतले लोक दोहोरी गीत “मायाँलु” बोलको गीतलाई सार्बजनिक गरेका छन् ।
साथी भाईले जिस्क्याउदा टोलाउछु
झस्किएर तिम्रै नाम बोलाउछु
थालेपछि मायाको याद आउन
मायालु छोडेको छ मन जल्दा चाल पाउन….. ।
यस्तो किसिमको शब्द लहरिबाट बुनिएको गीतमा माधब बस्नेत र कोपिला तामाङ्ग वाइबाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द पनि गायक एवं प्रस्तुतकर्ता माधब बस्नेतले नै भरेका छन् ।
निकै रोमान्चक स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा आशा भुसाल र शिशिर बुढाथोकीको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । “मायाँलु” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन शिशिर बुढाथोकीले नै गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पदान कल्पेश बिस्वकर्माले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।