अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसी विवाह गर्ने भएका छन् । सलोन र करिश्माले यहि मंसिर १२ गते लगनगाँठो कस्न लागेका हुन् । विवाहका लागि दुवै तर्फमा आफन्त र साथीभाईलाई निम्तो कार्ड पुगिसकेको छ ।

सलोनको विवाह समारोह भोलि शनिबारबाट सुरु हुने उनका बुबा शोभित बस्नेतले ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्माले ४ वर्षको प्रेमलाई पारिवारिक सहमतिमा विवाह गर्न लागेका हुन् । करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस समेत हुन् ।

सलोन र करिश्माको विवाह भोज भने मंसिर १४ गते बुधबार होटल हायात प्यालेस सोल्टिमोडमा आयोजना गरिएको छ ।

तपाईको प्रतिक्रिया