काठमाण्डौ पौष २१ – कलाकार द्वय सन्तोष अधिकारी र जिबन कार्कीले आफ्नो संयुक्त प्रस्तुतिको रुपमा “तुलसीमोठ” बोलको गीतलाई भर्खरै सार्बजनिक गरेका छन् । नेपाली गीतको बजार धरासाही भएको कारण यस क्षेत्रमा अगाडी बढ्न निकै कठिन छ । यसैलाई मध्यनजर गरेर अहिले उनीहरुको ३ जनाको समूह रहेको छ । जस भित्र सन्तोष अधिकारी जिबन कार्की र श्याम अर्याल हुन् । माथि उल्लेखित “तुलसीमोठ” बोलको भाकालाई सन्तोष अधिकारीले लय शब्द तयार पारेका हुन् भने स्वर सन्तोष अधिकारी र शारदा रसाइलीको रहेको छ ।

“तुलसीमोठ” बोलको गीत वियोगान्त भावमा तयार भएको भाका हो । यस गीतको म्युजिक भिडियो पनि निकै घात लाग्दो ढंगबाट तयार पारिएको छ । भिडियोमा जिबन कार्की, संचिता बोलाखे, श्याम अर्याल, हरिजंग पाण्डे र निखिल उप्रेतीको अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन संगम थापाले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन बिनोद बमले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया