धेरै मानिस गायक बन्न चाहन्छन् । तर, राम्रो गायक बन्नका लागि कडा मिहिनेत जरुरी छ । धैर्यसँगै भाग्य पनि चाहिन्छ । संगीत सुरु गर्नका लागि उमेरको कुनै हदबन्दी छैन । तपाईं चाहे सानैदेखि संगीतमा लाग्नुस् वा पाको उमेरमा लाग्नुस्, तर तपाईंले यसलाई इन्जोय गर्दै सिक्न जरुरी छ । तपाईंले आफ्नो गलालाई विकास गर्न कति धेरै मिहिनेत गर्नुहुन्छ, तपाईंको सफलता यसमै निर्भर रहन्छ ।

तपाईंको स्वर जतिसुकै राम्रो भए पनि आवाजको प्रशिक्षण लिनैपर्छ । तपाईंको आवाजको गुणस्तर बढाउन यसले महत्वपूर्ण भूमिका खेल्छ । तपाईंले सही प्रशिक्षण नलिई जथाभावी गाउँदा स्वर बिग्रने खतरा पनि रहन्छ । रियाज अर्थात् स्वरको अभ्यास तपाईंले जीवनभर गरिरहनुपर्छ ।

त्यस्तै, आफ्नो परिवार र साथीभाइको आलोचना सधैँ सुन्नुपर्छ । तपाईंको गायनबारे उनीहरूको विचार बुझ्नुस् र उनीहरूसँग सल्लाह पनि माग्नुस् । सधैँ शान्त रहनुस् र हरेक दिन नयाँ कुरा सिक्नुस् । सिकाइको कुनै सीमा हुँदैन र तपाईंले राम्रो प्रशिक्षण र तालिमबाट नै राम्रो उपलब्धि हासिल गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया