काठमाण्डौ माघ २८ – स्थायी घर रामेछाप भएका लोकप्रिय कलाकार राजेश कुमार नेपालिले पुनः भर्खरै आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा “बेहुली” बोलको गीत सार्बजनिक गरेका छन् । उलने यस अघि पनि थुप्रै गीत संगीतमा आफ्नो सिर्जना तथा स्वर भरिसकेका छन् । राजेशले बिचको दिनमा आफु केहि ओझेल परेता पनि आगामी दिनहरुमा निरन्तर रुपमा सांगीतिक क्षेत्रमा क्रियासिल रहने कुरा बताए ।
उनको पछिल्लो प्रस्तुतिमा स्वर संगीत राजेश कुमार नेपालि कै रहेको छ भने शब्द पासाङ्ग कुमार लामाको रहेको छ । गीत अहिलेका संगीत प्यासी मनहरुको चाहना अनुरुप तयार पारिएको छ । गीतको अडियो जस्तै यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक ढंगले तयार पारिएको छ । “बेहुली” बोलको गीतको म्युजिक भिडियोमा राजेश स्वयम् र आयुष्मा कार्की, राजु लामाको साथै निर्मला तामाङ्ग देखिएका छन् ।
यस गीतको म्युजिक भिडियोलाई निर्देशन सुनिल घतानीले गरेका हुन् भने छायांकन तथा सम्पादन कृष्ण ब्लोनले गरेका छन् । गायक तथा सर्जक राजेशले यस भन्दा पहिलेका आफ्ना सांगीतिक प्रस्तुतिलाई जसरी अशंख्य दर्सक तथा श्रोताहरुले मन पराइदिनु भयो, उसै गरेर नै यस गीतलाई पनि मन पराएर आफुलाई यस क्षेत्रमा अगाडी बढ्न उर्जा प्रदान गर्नुहुने कुरामा आशाबादी रहेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।