काठमाडौं माघ २८ / बाध्यता र विवसताको कारण हाल प्रबासमा पुगेता पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठले आफ्नो मौलिक संस्कृतिलाई भुलेका छैनन् । फलस्वरूप हालै मात्र लोक दोहोरी गीत “दिलरानी” बोलको गीत सार्बजनिक गरेका छन् । नेपाली सांगितिक क्षेत्रका दिनमै सयौ सृजना बजारमा आउँछन तर सबैले चर्चा पाउँदैनन् । तर बजारमा सार्वजनिक भए लगतै लोक दोहोरी गीत दिलरानीले बजार तताई रहेको छ ।

छोटो समयमै दर्शक श्रोताको मनमा बस्न सफल यस गीतमा दिनेश श्रेष्ठ र सारदा रसाईलीको स्वर सुन्न सकिन्छ । दिनेश श्रेष्ठको लय तथा शव्द सृजनामा तयार भएको यस गीतको संगीत संयोजन भने नारायण दंगालले गरेका हुन् । प्रेमिल जोडिको रोमान्टिक संवादलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको यस गीतमा रिदम श्रेष्ठ र सृजना श्रेष्ठको मुख्य अभिनय रहेको छ ।

नविन श्रेष्ठको निर्देशन, रोनिश तामाङ्गको छांयाकन र संजिता ढकालको श्रृगारमा तयार भएको यस गीतको म्युजिक भिडियो सम्पादन भने चेतन समातले गरेका हुन । नेपाली सांगितिक क्षेत्रमा दर्जनौ सफल सृजना बजारमा पस्की सकेका कलाकार दिनेश श्रेष्ठको अफिसियल युट्युव च्यानल मार्फत यस गीतलाई सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया