काठमाण्डौ फाल्गुन ०२ – बिगत देखि नै नेपाली गीत संगीत क्षेत्र श्रीबिद्धिका लागी जुटेका गायक तथा सर्जक रमेश श्रेष्ठले भर्खरै मात्र आफ्नो लय श्रीजनामा “कलेजी रेटेर” बोलको गीतलाई सार्बजनिक गरेका छन् । उनले यो गीत अनुप्रास श्रेष्ठको प्रस्तुतिमा बजारमा पठाएका हुन् । काब्य आचार्य युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतमा सर्जक स्वयम रमेश श्रेष्ठ र काब्य आचार्यको सुमधुर स्वर सुन्न सकिन्छ । कुनै पनि गीत संगीत प्रस्तुत गर्दा नयाँपन आउनु पर्दछ भन्ने मान्यता राख्ने रमेशको यो श्रीजना पनि पृथक रहेको प्रतिक्रिया आउन थालिसकेको छ ।
सिन्धु पौडेलको शब्द द्वारा सुसजित “कलेजी रेटेर” बोलको बोलको यो वियोगान्त गीतको म्युजिक भिडियोमा सानु पाण्डे, शिवराम भण्डारी, अनुप्रास श्रेष्ठ र भुवन न्यौपानेको अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई सर्जक तथा गायक रमेशले नै निर्देशन गरेका हुन् भने छायांकन मरुभूमिनारायण र सम्पादन कल्पेश बिस्वकर्माले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।