काठमाडौँ पाह्ल्गुन ०४ । नेपालको लागि शेर्पा भाषाको पहिलो गायक तथा टुंङना बादक लाक्पा तेन्जी शेर्पाले “छेक छेक भाले” बोलको गीत भर्खरै सार्बजनिक गरेका छन् । चारबर्ण छत्तिस जातिको फुलबारी हाम्रो देशमा नेपाली लोक तथा दोहोरी गीत संगीतको छुट्टै महत्व रहेको छ । यस भित्र बिभिन्न जात जातिको भेषभुसाले पनि यस देशको बिशेषतालाई बिस्वसामु परिचित गराउन निकै सहज रहेको पाइन्छ । यसै पेरिफेरी भित्र शेर्पा जातिको भेषभूसा र उनीहरुको सांगीतिक रागले जो कोहीलाई नतमस्तक बनाउने गर्दछ ।
प्रस्तुत गीत शेर्पा टोनमा भएता पनि पर्वतीय भाषामा नेपाली संस्कृति झल्किने गरी तयार गरिएको निर्माण युनिटबाट जानकारी प्राप्त भएको छ । “छेक छेक भाले” बोलको गीतमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने लय लाक्पा तेन्जी शेर्पा र शब्द उत्तम पौडेलको रहेको छ । गीतको म्युजिक भिडियोलाई रामकुमार कार्की नामक युट्युब च्यानल मार्फत अहिले डिजिटल बजारमा पठाईसकिएको छ ।
सार्बजनिक भएको म्युजिक भिडियोमा बिजय पुन, मिङ्गमा डोमा शेर्पा, गेल्जी शेर्पा, लाक्पा टिसीरिङ्ग शेर्पा र लुशांग शेर्पाको मौलिक पन भित्र अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।