काठमाण्डौ फाल्गुन ०५ – नेपालको कानुनमा फस्ने र फसाउनेको खबर आम नेपालीहरुले सुन्दै र देख्दै आएका छौं । यस्तै खबर भित्र लोकप्रिय गायक तथा मोडल प्रदिप रोका पनि फसेका छन् । उनि एक युवतीको अँगालोमा बाँधीरहँदा अर्का जमातले भिडियो बनाई कानुन समक्ष पुग्दा फसेका हुन् ।
तर यो सबै एक गीतको कथावस्तु अनुसार प्रदिपले भूमिका मात्र निर्बाह गरेका हुन् । उक्त गीत कुमार चौलागाईंको प्रस्तुतिमा मेनुका डिजिटल प्रालि मार्फत सार्बजनिक गरिएको “कानुन छैन” बोलको रहेको छ ।
सामाजिक यथार्थता भित्र रुमलिएको माथि उल्लेखित गीतमा कुमार चौलागाईं र भरत गजुरेल “रातो भाले” त्यसैगरी शब्द भने मालती श्रेष्ठ डाइमान्ड र कुमार चौलागाईंको रहेको छ । निकै मनछुने भावमा तयार भएको गीतमा कुमार चौलागाईं र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ ।
“कानुन छैन” बोलको गीतको म्युजिक भिडियोमा प्रदिप रोकाको साथमा प्रियंका नेपाली, प्रन्सा दाहाल, भरत गजुरेल रातो भाले, हिमाल खड्का, केदार खड्का, लोक बहादुर श्रेष्ठ र राकेश कलुवार शाहको अभिनय रहेको छ । भिडियोलाई निर्देशन मुटु ग्रुपले गरेको हो भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गरेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।