काठमाण्डौं
गायक शुभ तामाङ र गायिका सुनिमा लो को स्वरमा रहेको तामाङ सेलो गीत ’सोनाम लोसार ’को रेकडिङ कार्य सम्पन्न भएको छ । तामाङ समुदायको महान पर्व लोसारको अवसरमा गीतलाई बजारमा ल्याइने निमार्ण पक्षले बताएको छ ।
अमेरिकामा रहेर नेपाली साहित्यको विकास र कला र सस्कृतिको विषयमा कलम चलाउदै आउनुभएका साहित्यकार दिलिप योञ्जन तामाङको शब्द डि वी लामाको एरेन्ज जोगलाल लामाको रहेको छ । गीतमा युवा युवती विचमा सोनाम लोसारमा माया प्रेममा रहेका गुनासालाई गीत माफर्त समावेश गरिएको छ । कला र सस्कृतिलाई आपसमा खुशी साटासाट गर्दै मनाउनको लागी गीतमा आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया