काठमाण्डौ फाल्गुन २२ – प्रतक्ष्य दोहोरी तर्फ टिकटकको माध्यम बाट निकै जोशका साथमा प्रस्तुत हुनुहुने कलाकार बद्रि सिटौलाले भर्खरै मात्र अर्को गीत सार्बजनिक गरेका छन् । उक्त गीत “फर्केर नहेर” बोलको रहेको छ । बद्रीले यस भन्दा पहिले पनि थुप्रै जोशिला गीतहरु सार्बजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

यस पटकको उनको गीतमा वियोगान्त भाव भएता पनि रोमान्चक संगीतमा सजिएको छ । गीतमा बद्रि सिटौला र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ । राजकुमार खनालको शब्द तथा रामेश्वर भण्डारीको लयले सजिएको गीतको अडियो तथा भिडियोलाई बद्रि लोक माला युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा राजकुमार खानल सिभांगी अधिकारी, रामेश्वर भण्डारी, बिबेक थापा र अर्जुन थापाको आकर्षक अभिनय देख्न सकिन्छ । रामहरी भण्डारीको निर्देशनमा तयार भएको “फर्केर नहेर” बोलको गीतको म्युजिक भिडियोलाई मरुभूमि नारायणले खिचेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् ।

कलाकार बद्रि सिटौलाले यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले मन पराउन थाल्नु भएकोले अर्को गीत पनि तयार गर्न थालेको बताएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया