काठमाण्डौ फाल्गुन २२ – शब्द र लयको परिपुरक लोक दोहोरी गीत “मायाले पार्यो भुमरी” भर्खरै सार्बजनिक भएको छ । प्रस्तुत गीत गोकुल ढकालको नाममा सार्बजनिक भएको हो । कलाकार गोकुलले यस भन्दा पहिले पनि केहि गीतहरु सार्बजनिक गरिसकेका छन् ।

स्थायी घर काभ्रे भएका गोकुल नेपाली कलाकारिता क्षेत्रका सर्वप्रिय पात्र किरण के.सी “राता मकै” लाई आफ्नो धर्म बुबाको रुपमा लिन्छन् । यसैको कारण पनि उनले किरण के.सी को नामको ट्याटु आफ्नो हातमा कोरेका छन् ।

गोकुल ढकालको पछिल्लो प्रस्तुति “मायाले पार्यो भुमरी” मा प्रताप दास र शारदा रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना गोकुलले नै तयार पारेका हुन् भने संगीत संयोजन नारायण दङ्गाल ले गरेका छन् ।

निकै कर्णप्रिय स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा गोकुल ढकाल र जुना कार्कीको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पदान रोशन धितालले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई मिलन फिल्म्स प्रडक्सन नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया