काठमाण्डौ चैत्र १९ – स्थायी घर नुवाकोट भएका र केहि समय अगाडी सम्म प्रबासमा रहेका कलाकार रुपक राना मगरले छुट्टीको समयममा नेपाल आएर एउटा गीत रेकर्ड गरेका छन् । उक्त गीत “मकै भटमास” बोलको रहेको छ । बिगतदेखि नै औपचारिक रुपमा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा प्रवेश नगरेता पनि २०५८ साल देखि नै रुपकलाई यस क्षेत्र प्रतिको झुकाब थियो । उनि गाउँ ठाउँमा हुने प्रत्यक्ष दोहोरीमा त्यहि बेला देखि नै सहभागिता जनाउथे । हामी संगको भेटमा रुपकले आफुले गीत गायकै कारण पनि आफ्नो जन्मथलो बाट काठमाण्डौ आउँदा गाडी भाडा समेत छुट दिने कुरा बताएका छन् ।

घमेश दुलाल, रेशम थापा, राम थापा शिशिर, रामजी थापा मगर लगाएत कलाकारको गीत संगीत बाट प्रभावित भएर आफु यस क्षेत्रमा प्रवेश गरेको रुपक राना मगर बताउछन् । उनको भर्खरै सार्बजनिक भएको गीत “मकै भटमास” मा तेजमान तामाङ्ग, रुपक राना मगर र अर्चना स्याङ्गतानको सुमधुर स्वर सुन्न सकिन्छ । कसैको सिर्जना संग हुबहु मिल्दोजुल्दो आफ्नो सिर्जना नहोस भनेर निकै सचेत हुँदै रुपकले यस गीतमा लय तथा शब्द सिर्जना भरेका छन् ।

दिनेश श्रेष्ठ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतको भिडियोमा सन्तोष राई र अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ अडियोको मौलिक स्वाद जस्तै भिडियोलाई पनि आफ्नो पनमा रुमल्याईएको छ । “मकै भटमास” बोलको गीतको म्युजिक भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् भने छायांकन राम के.सी र सम्पादन बिष्णु खड्काले गरेका छन् । रुपक राना मगर सहित यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई थप सफलताको शुभकामना ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया