शरीरको कुनै पनि अंगमा हुने कोशिकाहरुको अनियन्त्रित वृद्धि नै क्यान्सरको प्रमुख कारण हुन्छ । शरीरको आवश्यकता अनुसार यी कोशिकाहरु विभाजित हुन्छन, तर जब यीनीहरु लगातार वृद्धि हुन्छन्, तब क्यान्सरको रुप लिन्छन् ।

यस प्रकार स्तन कोशिकाहरुमा हुने अनियन्त्रित वृद्धि नै स्तन क्यान्सरको प्रमुख कारण हो । कोशिकाहरुमा हुने लगातार वृद्धिहरु एकत्रित भएर गाँठोको रुप लिन्छ, जसलाई क्यान्सर ट्यूमर भनिन्छ ।

स्तन क्यान्सर हुँदा पहिलो र दोस्रो चरणमा नै यसको बारेमा थाहा भयो भने सही समयमा यसको उपचार सम्भव हुन सक्छ । तर यसको बारेमा थाहा पाउनु पनि तपाईंको जागरुकतामा निर्भर हुन्छ । यदि तपाईं स्तन क्यान्सर प्रति जागरुक हुनुहुन्छ भने यसको लक्षणहरुलाई चिनेर तपाईंले सही समयमा यसको उपचार गराउन सक्नु हुन्छ ।

स्तन क्यान्सरको सामान्य कारणहरु

विश्व स्वास्थ्य संगठनका अनुसार स्तन क्यान्सरका निम्न लिखित कारणहरु हुन्छ्न :

-बच्चा नजन्मनाका कारण ।

-उमेर भैसके पछि बच्चा जन्मनु ।

-स्तनपान नगराउनु ।

-वजनमा अत्याधिक वद्धि ।

-धेरै मदिरा सेवन गर्नाले ।

-नराम्रो र अनियन्त्रित जीवनशैली स्तन क्यान्सरको प्रमुख कारण हो ।

-यसबाहेक अनुवांशिक रुपमा पनि स्तन क्यान्सर हुने सम्भावना हुन्छ ।

-स्तन क्यान्सरको लक्षण

-स्तनको आकारमा परिर्वतन महसुस हुनु

-स्तनको तल्लो भाग छाम्दा गाठो भएको महसुस हुनु ।

-स्तन थिच्दा दुख्नु ।

-कुनै तरल अथवा चिप्लो कुरा स्तनबाट बहनु ।

-निप्पलको अग्रभाग मोडिनु एवं रातो रंगको हुनु ।

-स्तन सुनिनु ।

महिलाहरुमा हुने क्यान्सरहरुमा स्तन क्यान्सर प्रमुख हो, जसको महसुस भएपछि सतर्क भएर यसबाट बच्ने उपाय गर्नु आवश्यक छ ।

स्तन क्यान्सरलाई रोक्ने उपाय

-सूर्यको तेजिलो किरणको प्रभावबाट बच्ने ।

-नुनको अत्याधिक सेवन नगर्ने ।

-रातो मासुको सेवन धेरै नगर्ने ।

-धेरै मदिरा सेवन र धुम्रपान नगर्ने ।

-गर्भ निरोधक औषधि नियमित सेवन गर्नु अगाडि चिकित्सकीय परामर्श लिने ।

-एक्सरसाइज र योगा नियमित रुपमा गर्नु पर्छ ।

महिलाहरु जागरुक हुनुको साथै नियमित रुपमा स्तन क्यान्सरको जाँच गराइराख्नु पर्छ । महिलाहरु आफ्नो स्तन परीक्षण, मेमोग्राफीले गराउन सक्छन् । यसको उपयोग रोगको पहिचान गर्न र त्यसलाइ पत्ता लगाउने उपकरणको रुपमा गरिन्छ ।

मेमोग्राफीको लक्ष्य स्तन क्यान्सरको शुरुवाती तौरमा नै पत्ता लगाउनु हो ।

– अनलाईन खवरको सहयोगमा प्रकाशित ।

तपाईको प्रतिक्रिया