विराटनगर । ट्राफिक व्यवस्थापनमा विराटनगरको सिटी सफारी प्रमुख समस्या रहेको जिल्ल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले बताएका छन । सञ्चारकर्मीहरूसँग आइतबार परिचयात्मक कार्यक्रममा विराटनगरमा दिनप्रतिदिन बढ्दै गहिरहेको सिटी सफारीले ठुलो समस्या निम्ताउने गरेको उनले बताए ।
ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा केन्द्रित भएर मोरङ ट्राफिक व्यवस्थापन सदैव लागी परेको उनले बताए । सिमित स्रोत र साधनबाट समेत मोरङको ट्राफिक व्यावस्थापनमा ट्राफिक प्रहरी सदैव ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा लागि अग्रसर हुने उनले बताए । विराटनगर महानगरपालिका समन्वयमा विराटनगर क्षेत्रमा ट्राफिक लाइट राख्ने तयारी गरिएको उनले जानकारी दिए । ‘ट्राफिक व्यवस्थापनको लागि विराटनगरको मुख्य चोकहरूमा ट्राफिक लाइट जडानको अन्तिम तयारी भएको छ,’ उनले भने । आउँदै गरेको चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना पनि चाँडै ल्याउने उनले बताए । सवारी चालकलाई ट्राफिक लाइटको विषयमा जानकारी गराउनुपर्ने र सचेतनाको खाँचो रहेको उनले बताए । उनका अनुसार योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, चेकजाँचमा कडाइ र नागरिक सहायता कक्षा स्थापना गरी सेवा प्रवाह गरिने बताए । विराटनगरमा अहिले आम सवारी चालकलाई ट्राफिक नियमको पालना नगर्ने गरेको उनले बताए । सिटी सफारीसँग सवारी चालक सम्बन्धी गतिलो कागजात पनि नहुने उनको भनाई छ । उनीहरुलाई जरिवाना तिराउन खोज्य भने पनि उल्टै ठुलाबढाको पहुच लगाएर छोड्न लगाउने आफुले गल्तीको महशुस नै नगर्ने खालको प्रविद्धी रहेको लम्सालले बताए ।
विराटनगरको सिटी सफारीलाई नियन्त्रणमा ल्याउनको लागि म एक्लैले नसक्ने र यसमा सबैको साथ सहयोगले मात्रै ट्राफिक व्यवस्थापन गर्न सकिने लम्सालको भनाई छ । केही समय अगाडि मात्र मोरङ ट्राफिकको कार्यभार सम्हाल्न उनी विराटनगर आएका थिए ।