कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पुर्ण बहादुरको सारंगी’ को प्रचारप्रसार अभियान विराटनगरमा सम्पन्न भएको छ। सिनेमाको साङ्गीतिक कार्यक्रम इटहरीबाट सुरु भई धरान, दमक, र बिराटनगरमा भव्य रूपमा आयोजित भएको थियो।

विराटनगर स्थित महेन्द्र चोकमा आयोजित कार्यक्रमले निर्धारित समयभन्दा केही ढिलाइ भए तापनि, चलचित्र टिमको उत्साह भने अद्वितीय देखिएको थियो। कार्यक्रम सुरु हुनुअघि कलाकार टोली सिटी सिनेमाज मा प्रमोशनल भिजिटका लागि गएको थियो।

मन्डला नाटकघरको जुनकिरी ट्रक सहितको प्राविधिक टोलि देशभर सिनेमा प्रचारप्रसारमा निस्किएको छ।कार्यक्रमको सञ्चालन मिमिक्री आर्टिस्ट दिनेश काफ्लेले गरेका थिए।

कार्यक्रम व्यवस्थापनमा आकाश रावलको ‘हुस क्रीयशन’ टिम, इटहरीमा सुवास संकल्प श्रेष्ठ र सरोज श्रेष्ठ, धरानमा सुमित कार्की, र विराटनगरमा विकल श्रेष्ठले सहयोगी भूमिका निर्वाह गरेका थिए।

गन्दर्भ समुदायको सांस्कृतिक संघर्ष, परम्परा संरक्षण, र सारंगी संस्कृतिको प्रवर्धनको कथा बोकेको चलचित्र सेभेन सिज सिनेमा र बासुरी फिल्म्सको ब्यानरमा निर्माण भएको हो। यो सिनेमाको लेखन तथा निर्देशन सरोज पौडेलले गरेका छन्, भने बिनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको छन्

तपाईको प्रतिक्रिया