काठमाण्डौ । युवा मनको सांगीतिक ढुकढुकी दिनेश श्रेष्ठले आफ्नै लय तथा शब्द सिर्जना भित्र अरुण सापकोटाको दशैँ बिशेष लोक दोहोरी गीत “यो दशैं त रम्म र झम्म” लाई भर्खरै सार्वजनिक गरेका छन् । पृथक स्वादमा तयार भएको यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले मन पराउनुहुनेमा दिनेश ढुक्क रहेका छन् ।
छोटो समयमा नै दुनियाँको उच्च रोजाइमा परेको यस गीतमा दिनेश श्रेष्ठ र समिक्षा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । सुर साधना स्टुडियोमा रेकर्ड भएको गीतलाई संगीत संयोजन भने कृष्ण लामिछानेले भरेका हुन् ।
लोकप्रिय गायिका समिक्षा अधिकारीले फेसबुकमा शेयर गरेपछि सबै प्रतिक्रिया सकारात्मक प्राप्त भएको यस गीतको म्युजिक भिडियोमा अरुण सापकोटा स्मारिका ढकाल, जयराम सापकोटा, उमेश पराजुली, सरोज सन्ज्याल र चन्द्र रिजालको अभिनय देख्न सकिन्छ ।
दिनेश श्रेष्ठ युट्युब च्यानल मार्फत सार्वजनिक भएको “यो दशैं त रम्म र झम्म” बोलको गीतको म्युजिक भिडियोलाई प्रविन थापाले निर्देशन गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन अमृत चापागाईंले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।