काठमाण्डौ । पृथक गीत संगीत आफ्ना श्रोता तथा दर्शकहरु माझ दिएर दुनियाँको मन जितेका गायक तथा सर्जक एवं मोडल गोकुल प्रसाद ढकालले यस वर्षको दशैंलाई लक्षित गर्दै “रातो भाले दशैं दशैंलाई” बोलको गीत भर्खरै सार्वजनिक गरेका छन् । उनि कलाकारिता क्षेत्रमा मात्र पोख्त होइनन् एक सफल व्यवसायी पनि हुन् ।

छैन हर्ष दशैं तिहार आएर
हिद्छौँ सधै आधि पेट खाएर
रातो भाले दशैं दशैँलाई
चाडबाड आउँदा खाननि पुग्दैन कसै कसैलाई….

आम सर्वहारा वर्गको भाव समाबेश गरिएको यस गीतमा गोकुल प्रसाद ढकाल, दिनेश श्रेष्ठ र संगीता ढुंगेलको स्वर सुन्न सकिन्छ । गीतलाई लय शब्द भने गायक स्वयम् दिनेश श्रेष्ठले नै तयार पारेका हुन् ।

निकै पिंडादायिक भावमा तयार भएको यस गीतको म्युजिक भिडियोमा गोकुल ढकाल, खुसि भट्टराई, बाल कलाकार सुबाश दनुवार र सुमन दनुवारको अभिनय देख्न सकिन्छ ।

गोकुल ढकाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन शुशील भण्डारी र सम्पादन राजकुमार मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया