काठमाण्डौ । हरेक वर्ष आउने दशैं संग सम्बन्धित गीतहरुमा प्राय दुख र पिर लुकेको हामि पाउँदछौं । तर दशैँले दुख मात्र होइन खुसि र उमङ्ग पनि लिएर आएको हुन्छ । घाटी हेरर हाड निल्न सक्नु पर्दछ, यो भयो भने जस्तोसुकै दुखलाई पनि सहज रुपमा पार गर्न सकिन्छ ।
यस्तै पेरेफेरीमा एक दशैँ गीत भर्खरै सार्वजनिक भएको छ । “हाँसो खुसि छाउँदैछ मनमा” बोलको रहेको छ । उक्त गीत सुरेश बाग्दासको नाममा सार्वजनिक भएको हो । गीतमा सुरेश बाग्दास र शारादा रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा सुरेश बाग्दासको लय र अशोक कुमार सापकोटाको शब्द रहेको छ ।
गायक तथा सर्जक सुरेशले यास भन्दा पहिले पनि थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । उनले पहिलेका गीतलाई झैं यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन पराउने बिश्वास लिएका छन् ।
“हाँसो खुसि छाउँदैछ मनमा” बोलको गीतको म्युजिक भिडियोमा कृष्ण थापा मगर, सहदेव सुनार, कमल तामाङ्ग, निकेश राई, रबिन नेपाली, सुबाश बोहरा, दिलु थापा मगर, अनिता श्रेष्ठ, करिना पुन मगर, सबिना लामा, पुष्पा खाती र अम्बिका योगीको जीवन्त अभिनय देख्न सकिन्छ ।
बल बहादुर मगरद्वारा निर्देशित यस गीतको म्युजिक भिडियोलाई छायांकन सन्तोष तिमल्सिनाले गारेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई सुरेश बाग्दास अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।