काठमाण्डौ । आफ्नै कला संस्कृति रहेपो हामि नेपाली भएकोमा गर्व गर्न सक्छौं भन्दै गीत संगीतको व्यावसायिकता लाई प्रबाह नै नगरी निरन्तर यस क्षेत्रमा क्रियासिल व्यक्तित्व, युवा व्यवसायी, लोकप्रिय मोडल कुमार सुनेलले नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित आफ्नो पछिल्लो प्रस्तुति “दशैंमा रमाउने हो” बोलको गीतलाई सार्वजनिक गरेका छन् ।
उनको यस गीतमा लोकप्रिय कलाकार द्वय कुशल बिस्वकर्मा र शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । कुमार सुनेल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा लय तथा शब्द सिर्जना पनि गायक स्वयम् बिस्वकर्मा कै रहेको छ ।
कामाउने र जमाउने कुरालाई पर राखेर दशैँ पर्व निकै हर्षउल्लासका साथमा मनाउनु पर्छ भन्ने संदेश बोलको यस गीतको म्युजिक भिडियोमा कुमार सुनेल, जुना कार्की, गोकुल ढकाल, राजन चौलागाईं खैराते, सबिना सापकोटा, सरोज सन्ज्याल, र सुन्दर खत्रीको अभिनय देख्न सकिन्छ ।
निरेन श्रेष्ठको निर्देशनबाट तयार भएको यस गीतको म्युजिक भिडियोलाई सुनिल भण्डारीले खिचेका हुन् भने सम्पादन राजकुमार मगरले गरेका छन् । मोडल कुमार सुनेलले भक्तपुर नयाँ ठिमीमा सौगात सुनचाँदी पसल समेत संचालन गर्दै आइरहेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।