काठमाण्डौ । मानिसलाई खानाको परिकारमा पनि विभिन्न स्वादको चाहना भएजस्तै गीत संगीत सुन्नमा पनि फरक-फरक स्वादको चाहना भैराहेको हुन्छ । त्यसैले पनि कलाकारहरुले हरेक सांगीतिक स्वाद प्रेमी आफ्ना श्रोता तथा दर्शकहरुलाई लक्षित गर्दै नयाँ-नयाँ गीत संगीत सार्वजनिक गरिरहेका हुन्छन् ।
यसै पेरेफेरी भित्र लोकप्रिय गायक तथा सर्जक गोकुल ढकालले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा निकै आशा लाग्दो गीत “चमेलीको हे परान” भर्खरै सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु साव्रजनिक गरिसकेका छन् । मौलिकताको घेराबाट कहिले अलग नरहने ढकालको यस गीतमा सानु केसी, गोकुल ढकाल, कोपिला तामाङ्ग वाइबा र लक्ष्मी दर्नालको सुमधुर स्वर सुन्न सकिन्छ ।
गाउँको कुनै बिशेष समारोहमा रोधी जागाराम बस्दाको अनुभूति दिने झल्कोबाट बनेको यस गीतको म्युजिक भिडियोमा श्रीजन पण्डित, लक्ष्मी दर्नाल, राजन पौडेल, सुधा क्षेत्री रामकुमार खतिवडा र गुराँस थापाको आकर्षक म्युजिक भिडियो अभिनय रहेको छ ।
गोकुल ढकालको लय र दिनेश श्रेष्ठको शब्दद्वारा सुसजित यास गीतको म्युजिक भिडियोलाई उमेश कार्की यु के ले निर्देशन गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन बिन्द बमले गरेका हुन् । गीतलाई गोकुल ढकाल युट्युब च्यानल माआर्प्हत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।







































































