काठमाण्डौ । नेपाली गीत संगीतको क्षेत्र सम्बृद्धिका लागि कयौं त्याग तपस्या गर्दै आफ्नो सांगीतिक यात्रा अगाडी बढाइरहेका लोकप्रिय गायक, सर्जक, मोडल एवं युवा व्यवसायी गोकुल ढकालले पुनः आफ्नो पछिल्लो सांगीतिक प्रस्तुति “ठमेल बजार” सार्वजनिक गरेका छन् ।

मौलिक गीत संगीतको प्रबर्धन र सम्बर्धन कसरी गर्न सकिन्छ भन्ने सधै चिन्तन गरिरहने उनले यस भन्दा पहिले पनि आफ्नो व्यक्तिगत व्यवसायलाई ध्यानमा राख्दै गीत संगीतको व्यासायिकतालाई प्रबाह नगरी विभिन्न गीत संगीत बजारमा सार्वजनिक गरिसकेका छन् ।

यस पटक बजारमा आएको गीत “ठमेल बजार” मा गोकुलले युवा युवती बिचको रोमान्चक प्रेम भाव समाबेस गरेका छन् । गीतमा नारायण दंगालको संगीत सयोजन, गोकुल ढकालको लय र दिनेश श्रेष्ठको शब्द सृजना रहेको छ । गीतमा दिनेश श्रेष्ठ सिम्रन परियार, गोकुल ढकाल सानु के सी, सुपि सिंजाली मगर र ज्ञानु परियारको सुमधुर स्वर सुन्न सकिन्छ ।

साथै निरेन श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा कुमार सुनेल अनि प्रतिमा राजघतानीको आकर्षक अभिनयमा देख्न सकिन्छ । गीतलाई गोकुल ढकाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया