काठमाण्डौ । नेपाली लोक तथा दोहोरी गीत संगीतका धरोहर घमेश दुलालद्वारा स्वरबद्ध अन्यकौं गीत संगीतहरु सार्वजनिक भैरहेका छन् । उनका स्वरमा रहेका वियोगान्त होस् अथवा संयोगान्त गीतहरु अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाइमा पर्ने गरेका छन् । उमेरले पाको स्थायी घर सिन्धुपाल्चोक भएका दुलालको स्वरमा उताढचडाब नहुनु पनि यो सदाबहारको उपाधि पाएका हुन् ।

अहिले भर्खरै उनै घमेश दुलाल र शुसिला मगर खड्काको  स्वरमा “छुट्यो मायाँ बहुलाउदै हिन्याछु” बोलको गीत सार्वजानिक भएको छ । यस गीतमा पनि दुलालको सदाबहारतामा कुनै कमि नआएको मनन् गर्न साकिन्छ । गीतलाई लय तथा संगीत सम्योजान बिष्णु तामाङ्गले भरेका हुन् भने शब्द राम थापाको रहेको छ । राम थापा कै प्रस्तुतिमा रहेको यस उक्त गीत घमेश दुलाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

वियोगान्त भावलहरीमा बुनिएको गीतको भिडियोलाई राम थापाले नै निर्देशन गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् । भिडियोमा राम थापा हृदया न्यौपानेको जीवन्त अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया