काठमान्डौ । नेपाली लोक संगीतको बजारमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा चेन रेकर्ड्सको प्रस्तुतिमा “गहिरो फेवाताल” बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समय व्यावसायिकताको नाममा धेरै विकृतिजन्य गीतहरु बजारमा आइरहँदा चेन रेकर्ड्सको यो प्रस्तुतिलाई भने मौलिक लोक दोहोरीको दर्जामा सम्पूर्ण नेपाली माटो प्रेमीहरुले आफ्नो मनमा सजाउनु पर्ने हुन्छ ।
महेन्द्र भण्डारीको संगीत संयोजनमा तयार भएको गीतमा सरोज थापा मगरको लय शब्द रहेको छ भने स्वर सरोज थापा मगर र शान्ता रानी परियारको सुन्न सकिन्छ । यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले मायाँ गरिदिनुहुने बिश्वासको साथमा गामी दीनमा थप उत्कृष्ट गीतहरु बजारमा ल्याउने तयारी रहेको चेन रेकर्ड्सले बताएको छ ।
चेन रेकर्ड्स नामको युट्युब च्यानाल मार्फत नै सार्वजानिक भएको यस गीतको म्युजिक भिडियोमा निरा तामाङ्ग र आर्य बस्यालको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा लय, शब्द र स्वरको माध्यमबाट आफ्नो छुट्टै पहिचान स्थापित गरेका कलाकार समिर आचार्यले गरेका हुन् । आचार्यका दर्जनौं गीतहरु अहिले पनि युट्युब तथा संचारमाध्यममा अशंख्य श्रोता तथा दर्शकहारुले मन पराईरहेका छन् ।
विजय वाइबा र श्रद्धा बम्जनको कोरियोग्राफिमा निर्माण भएको भिडियोलाई छायांकन निश खड्काले गरेका हुन् भने सम्पादन मिराज अर्यालले गरेका छन् । भिडियोको प्रडक्सन म्यानेजर भने पुर्णिमा घिसिङ्ग हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।




































