काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” भिडियो सहित सार्वजनिक भएको छ । यस गीत पश्चिम भेग तिर बढी रुचाईने गर्छ ।

आकाशैमा तारा र जुन छन नामक कौडा गीतमा उनै लोकप्रिय गायिका टिका पुन र चर्चित गायक धनराज चुनाराको स्वर रहेको छ भने अशिम चन्द्र बिश्वकर्माको शब्द, संगीत रहेको छ। सो गीतको भिडियोमा एकिन्द्र साराशंकरको कथा तथा निर्देशन रहेको छ।

त्यसैगरी भिडियोमा एकिन्द्र साराशंकर र मिलन गुरुङको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, अशिम चन्द्र बिश्वकर्माको सम्पादन, मिलन बिश्वकर्माको रंग संयोजन रहेको छ ।

उक्त गीतको भिडियोमा शेखर घर्ती मगर र कुसुम राईको अभिनय रहेको छ भने अतिथी कलाकारहरुको रुपमा सुमनसुनार, दिपेन्द्र केसी, बिश्व मुखिया आदीको अभिनय रहेको छ । यस गीतलाई टिकापुन कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला

 

तपाईको प्रतिक्रिया