काठमाण्डौ । बिशेष गरेर मौलिक पनको रक्षार्थ जुटेकी गायिका गुना राईले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा गुना राई अफिसियल युट्युब च्यानल मार्फत “घर त मेरो पुर्व ताप्लेजुङ्ग” बोलको गीतलाई सार्वजनिक गरेकी छिन् । उनीमा काँठ क्षेत्र, पश्चिमेली तथा पूर्वेली सबै गीत संगीतका स्वर भर्ना सक्ने खुबी रहेको छ । स्थायी घर खोटाङ्ग भएकी गुनाले यस भन्दा पहिले काँठ भेगको स्वादमा दशैं संग सम्बन्धित एक गीतलाई सार्वजनिक गरेकी थिईन् ।

“घर त मेरो पुर्व ताप्लेजुङ्ग” बोलको गीतमा सन्तोष बि सी र गुना राईको सुमधुर स्वर सुन्न सकिन्छ भने प्रस्तुत गीतलाई लय तथा सृजना सन्तोष बिसीले नै तयार परेका हुन् । नारायाण दंगालद्वारा संगीत संयोजन भएको यस गीतको म्युजिक भिडियोलाई हाल स्टुडियो भर्सनमा तयार पारिएको छ । अशंख्य श्रोता तथा दर्शकहरुको साथ् प्राप्त भएमा निकट भविस्यमा नै अफिसियल म्युजिक भिडियोको रुपमा ल्याउने निर्माण युनिट बताउँछ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया