काठमाडौं, साउन , २८ । नेपालका लोकप्रिय पत्रकार रवि लामिछानेका कामको प्रशंसा गर्दै ” रवि जस्तै वली देउवा देशको मुहार फेर ” बोलको गीत सार्वजनिक भएको छ। ‘सिधा कुरा जनतासँग’को प्रस्तोता तथा लोकप्रिय पत्रकार लामिछानेलाई काम गर्न हौसला दिँदै सुशेली म्युजिक प्रालीको प्रस्तुतिमा गायक नविन विरही श्रेष्ठ र गायिका देवि रुम्वाको आवजामा रहेको सन्देश मुलक गीतको भिडियो बजारमा आएको हो ।
जनताको न्यायको निम्ती बोल्ने भएका कारण उनी यो कार्यक्रममा जनताको प्रिय बनेका कार्यक्रम प्रस्तोताको उल्लेख्नीय कामको प्रशसा गदैँ गीत निमाण गरिएको गीतका लेखक प्रेम थापाले बताए ।
कर्मचारीहरूबाट ठगिएका, पुलिस सेनाबाट प्रताडित भएका साथै जनताबाट जनता नै ठगिएका वा थिचो मिचोमा परेका, दलालबाट बिदेशमा बेचिएर नारकीय जीवन बिताई रहेका र सरकारबाट कुनै पनि सुबिधा नपाई सुबिधाबाट बन्चित भएकाहरूको न्यायको प्रतिमुर्ति बनेको छ रवि लामिछाने र सिधा कुरा जनतासंग को प्रेरणदायि विषयबाट गीतलाई देश विकाशको पथमा लैजानको लागी प्रेत्साहन गरिएको छ ।
सो गीतमा प्रेम थापाको शब्द तथा संगीत रहेको छ । गीतलाई एरेन्ज पुर्ण सम्योगले गरेका हुन । गीतको भिडियोलाई महेश महराले खिचेका हुन भने चेतन सागरले सम्पादन तथा नविन विरही श्रेष्ठले निर्देशन गरेका छन । सन्देशमुलक गीतको भाव अनुसार विकाश श्रेष्ठ र विनु लामाले अभिनय गरेका छन ।

हेर्नुहोस भिडियोः

तपाईको प्रतिक्रिया