काठमाडौं ,भदौ १ । मोडल चन्दा दाहाल , अकाल , निशान एस के र सरिना को रोमान्टिक अभिनय रहेको गीत ‘ लै गै मेरो मन’ को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा भोजराज भटट र पुष्पा बोहराको स्वर, लोक एयर र रविको संगीत र रमेश विक र रविनको शब्द छ । गीतमा जिवन बडुको एरेञ्ज र रयाप रहेको छ ।

डान्सिङ नम्बरको गीतमा चन्दा , अकल र सरिनाको जोडीले दिल खोलेर नाँचेका छन् । गीतलाई भ्वाइस अफ सुदुर पश्चिमको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भेनस फिल्मस प्रालीका प्रोपाइटर तथा चर्चित भिडियो निर्देशक निसान एस के को निर्देशनमा रहेको भिडियोमा सन्तोष लामा, सुशिल डाँगीको छायांकन, प्रकाश एस के को सम्पादन छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया