काठमान्डौँ ,भदौँ , ११
युवा पुस्तामा निकैको रोजाइमा बस्न सफल गायक तथा कलाकार प्रकाश घिसिङ , इन्शा पाख्रिन , ओसिना लामा र निरन्जली लामाको फिचरिङमा रहेको गायिका मेलिना राईको तामाङ सेलो “मोहनी मन्त्र”को भिडियो सार्वजनिक भएको छ ।
गायन , गीत लेखन र अभिनय क्षेत्रमा सर्वाधिक चर्चाको शिखरमा रहेका प्रकाश घिसिङको अभियनलाई पछिल्लो समय निकै रुचाइएको छ । माया प्रेमका अभिब्यक्तिलाई गीतमा समेटिएको छ । मिलन पाख्रिनको शब्द , जोङलाल लामाको संगीत तथा एरेन्जमा गीत तयार पारिएको छ । गीतको भिडियोलाई विक्रम लामाको छायाँकन तथा सम्पादन रहेको छ । गीतको भाव अनुसार कलाकारहरुलाई निर्देशन अमिर दोङले गरेका छन ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया