राजु बोहरा–काठमाडौँ । नेपाली संगीतको क्षेत्रमा लागेका कलाकारहरुको तर्फबाट कसरी हुन्छ आफ्ना श्रोता एवं दर्शकहरुको लागि पृथक स्वाद दिने भन्ने सधै चिन्ता बनेको हुन्छ । यसैलाई ध्यानमा राखेर शिब दर्शन डिजिटल प्रा.लि ले पन्चेबाजामा सुसजित दशैँ गीत “चुहिने भाछ घर” बोलको गीतलाई सार्बजनिक गरेको छ । गायत्री थापाको प्रस्तुतिमा रहेको यस गीतमा लय शब्द बबी जी.सी को रहेको छ । पन्चेबाजाको तालमा नाच्न मन लाग्ने तर गीतको शब्द सुन्दा निकै घत लाग्दो यस भाकामा देबी घर्ति र बबी जी.सी को सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतको भाव जस्तै भिडियो पनि निकै मन छुने बनेको छ । भिडियोमा रमा थपलिया र बबी जी.सी को अभिनय देख्न सकिन्छ । मदन खड्का द्वारा निर्देशित भिडियोलाई छायांकन नबराज घिमिरेले गरेका हुन् भने सम्पादन प्रविन रेश्मी मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया