रबिन्द्र थापा काठमाडौः
पछिल्लो समय नेपाली गित संगीतमा लोकेसनलाइ महत्त्वपूर्ण रूपमा प्रयोग गर्ने गरिन्छ यसै सिलसिलामा सुस्मिता फिल्मस प्रा.लि का संचालक राजेन्द्र ढकाल (राहुल )ले म्युजिक
भिडियो टुर २०७५ नाम दिई दर्जनौं कलाकारहरूको जम्बो टोलिसहित मुस्ताङ लागेका छन ।
पछिल्लो समयकी चर्चित नायिका बेनिशा हमाल सहित यात्रा चलचित्रबाट डेब्यु गरेकी नायिका जहन्वी बस्नेत र चर्चित मोडेल पृथ्वी राज रहेका छन भने प्रनिप राज , कृस्टिना र सजनलाई यसै टुरबाट निर्माता राजेन्द्र ढकाल (राहुल) र अर्का निर्माता सुरज शाह ले डेब्यु गराउदै छन ।
यश टुरमा करिब एक दर्जन जति म्युजिक भिडियोको छायांकन हुन लागेको निर्माता सुरज शाहले जानकारी दिएका छन साथै यस टुरको छायांकनको जिम्मा भने करन चैसिर र उनको टिमले लिएको छ निर्देशन भने अहिलेका युवा पुस्ताका चर्चित निर्देशक राज के .सि ले गर्दैछन ।सुस्मिता फिल्मस को ब्यानरमा म्युजिक भिडियो टुर हुँदै छ भने सिद्धकालि इन्टरटेग्मेन्ट ले पनि सहाकार्य गरेको साथै सपोटेट्को भुमिकामा भने आर ७बि इन्टरटेग्मेन्ट , साथी भाइ टि.भि र म्युजिक काठमाडौ रहेका छन
यो टुर फलदायी हुनेमा आफू ढुक्क रहेको निर्माता राजेन्द्र ढकाल ले जानकारी दिनु भएको छ । यस टुर बाट फर्केपछि यहि टिम सङ सहकार्या गरेर फिल्म बनाउन लागेको पनि ढकालले जानाकारी गराउनु भयो

तपाईको प्रतिक्रिया