चित्रकलाबाटै यतिबेला चित्रकार कुसल बस्ताकोटी बिस्वभर चर्चित भएका छन । लामो समय देखि बिभीन्न दृश्यहरुलाई आफ्नो चित्रकलामा उतार्दै आइरहेका उनले केहि महिना भित्रै चित्रकला सबन्धि तिन अवार्ड हात पारे । साथै उनि हालै मात्र गोलोबल अवार्डमा समेत नोमिनेसनमा पर्न सफल भैसकेका छन ।

उनले हालै बिभीन्न देशहरुमा भएको चित्रकलामा आफ्नो चित्रकलालाई प्रतिस्पर्धा गराएका थिए । जहाँ उनि तिन ठाउमा विजयी समेत बनेका छन । उनि भन्छन् यो मेरो सफलता भन्दा पनि सम्पुण नेपालीको सफलता हो ।

पोखरामा जन्मिएका बस्ताकोटी हाल अमेरिकामा बस्दै आइरहेका छन । नेपालको प्रतिनिधित्व गर्दै उनले नेपालमा सुन्दर दृश्यहरुलाई बिस्वभर देखाइसकेका छन । बिशेस गरेर सुन्दर दृश्यहरुलाई आफ्नो चित्रकलामा उनि उतार्ने गर्दछन ।

उनको अबको योजना भने नेपाल आएर आफ्ना चित्रकलाहरुलाई पर्दशन गर्ने रहेको छ । उनले साउथ कोरियामा समेत आफ्नो चित्रकला पर्दशनी गरिसकेका छन ।

तपाईको प्रतिक्रिया