राजु बोहरा–काठमाडौँ । आफ्नी प्रेमिका संग निकै लामो समय सम्म पनि भेट नहुँदा, मन भित्र भएको उकुस मुकुस लाई पोख्न तिनै मायालुको गाउँ पुग्ने शब्द भावको साथमा भर्खरै एक गीत सार्बजनिक भएको छ । सिन्धुपाल्चोक जिल्लाको रमणीय स्थल “जलबिरे ढाँडे” नाममा सार्बजनिक भएकोको उक्त गीत सुफिक्स मदनको नाममा रहेको छ । अमृत आचार्य (माइला गुरु) को परिकल्पनामा तयार भएको यस गीतलाई लय शब्द सुफिक्स मदनले तयार पारेका हुन् भने सुफिक्स मदन र शारदा सिलवालको सुमधुर स्वर सुन्न सकिन्छ ।

आफ्नै गाउँ वस्ती र कुना कन्दराको मौलिकतालाई टपक्कै टिपेर तयार पारिएको यस गीतको म्युजिक भिडियो पनि अत्यन्तै राम्रो बनेको छ ।भिडियोमा गोपाल श्रेष्ठ र रिचा थापाको मन लोभ्याउने अभिनय देख्न सकिन्छ । याक इन्टरटेन्टमेन्ट प्रा.लि को सर्वधिकारमा रहेको “जलबिरे ढाँडे” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन चित्र मस्की मगरले गरेका हुन् भने छायांकन सुजन दाहाल र सम्पादन रबिन बि.क गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया