काठमाडौं । मिस नेपाल–२०१८’ श्रृखंला खतिवडा ‘मिस वर्ल्ड–२०१८’मा भोटिङमा एक नम्बरमा छिन् ।

‘मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते चीनमा हुँदैछ । उक्त प्रतियोगिताका विभिन्न चरणमध्ये अहिले भोटिङ भइरहेको छ ।सामाजिक सञ्जालमार्फत् भोटिङ खुला गरिएको छ ।

सामाजिक सञ्जाल ‘मोभस्टार’मा गएर श्रृंखलाको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा भोट काउन्ट हुन्छ । यस्तै, फेसबुकमा गएर लाइक, कमेन्ट र सेयर गरेको खण्डमा पनि भोट काउन्ट हुने व्यवस्था मिलाइएको छ ।विश्वका १२२ देशका सुन्दरीहरु प्रतियोगितामा सहभागी छन् ।

यो समाचार तयार पार्दासम्म १२१ देशका प्रतिस्पर्धीलाई पछि पार्दै श्रृंखला अनलाइन भोटिङमा एक नम्बरमा छिन् । श्रृंखलाले ५८ हजार ८१६ भोट पाएकी छन् । सामाजिक सञ्जालमा उनलाई ५८ हजार ८१६ पटक खोजिएको छ ।

नेपालपछि दुई नम्बरमा फ्रान्स छ । फ्रान्सकी सुन्दरीको सामाजिक सञ्जाल ३० हजार २१० पटक खोजिएको छ । तीन नम्बरमा अमेरिकाकी सुन्दरी छिन् । उनको सामाजिक सञ्जाल २० हजार ७१० पटक खोजिएको पाइएको छ । चौथोमा रसिया छ ।

रसियाकी सुन्दरीको सामाजिक सञ्जाल १६ हजार ५६१ पटक र पाँचौं स्थानमा रहेकी अष्ट्रेलियाकी सुन्दरीको सामाजिक सञ्जाल १५ हजार १५ पटक भिजिट गरिएको छ । बंगलादेशकी सुन्दरी छैटौं स्थानमा रहँदा भारतीय सुन्दरी ११औं स्थानमा छिन् ।

उनको सामाजिक सञ्जाल ५ हजार ८७५ पटक हेरिएको छ । श्रृंखलाले सामाजिक सञ्जालबाट आफूलाई भोट गर्न आग्रह गरेकी छन् । जतिसक्दो धेरै आफ्ना तस्बिरमा लाइक, कमेन्ट र सेयर गर्न उनले आग्रह गरेकी छन् ।

तपाईको प्रतिक्रिया