युवा गायक जोसेफ शाही ठकुरीले आफ्नै शव्द, संगीत रहेको ”तिमीले साथ छोड्यौ” को गीतको भिडियो सार्वजनिक गरेका छन।
गीतमा जोसेफलाई पाश्र्व गायनमा चर्चित गायिका मिलन अमात्यले साथ दिएकी छिन भने बि.बि अनुरागीको संगीत संयोजनले गित थप मार्मिक बनेको छ ।एक दर्जन भन्दा बढी गितहरुमा आवाज भरिसकेका गायक जोसेफको ‘नेती’ एल्बम समाबेस ‘तिमीले साथ छोड्यौ”मा आधुनिक गित भित्रपनि देउडा गितको लय मिसाउने प्रयास गरिएकाले यस गितलाई आम श्रोता दर्शकले मन पराउने बिश्वास गायक जोसफले लिएको बताए ।
हाईलाईट्स नेपालले बजारमा ल्याएको म्युजिक भिडियोमा गौरव गिरीको निर्देशन रहेको छ भने जितेन्द्र क्षेत्री र सोना बज्राचार्यको अभिनय हेर्न सकिन्छ । उत्तम हुमागाँईले छायाँकन गरेको भिडियोको सम्पादन भने बिकास धमलाले गरेका हुन् ।करिब २ वर्ष अघि सांगीतिक सोलो एल्बम ‘नेती’ ल्याएका जोसेफको राजनीतिको आगो, ठेकीमदानी , कर्के नजर लगायतका गितहरु सार्वजनिक भैसकेका छन । भने छिट्टै अरु गीतहरु पनि सार्बजनिक गरिने जानकारी दिए ।
जोसेफको ”तिमीले साथ छोड्यौ’मा जितेन्द्र र सोना
