काठमान्डाँै ,मंसिर ६
समाजसेवी तथा गीतकार दिलिप योञ्जनद्धारा लिखित ‘आफनै छायाँले ’ नवौँ विन्ध्यवासिनी म्युजिक अवार्डबाट वर्षको सर्वाधिक लोकप्रिय गीत हुन सफल भएको छ । प्रज्ञा भवन कमलादी, काठमाडौंमा सम्पन्न कार्यक्रममा सो गीत सर्वाधिक रोजाइमा पर्न सफल भएको विन्दवासिनी म्युजिक फाउण्डेसनकी अध्यक्ष लिला रेग्मीले बताउनु भयो ।
निणायकको मुल्याङकन र दर्शक तथा स्रोताको मतको आधारमा गीतले अवार्ड हात पारेको विन्ध्वासिनी म्युजिक अवार्डको आयोजकले बताएको छ । सम्मान कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुुतीका साथमा अग्रज कलाकार तथा संगीतप्रेमीहरुको सहभागीता रहेको थियो । दिलिप योञ्जनको शब्द , राजेश थापाको संगीत र रामकृष्ण ढकालको स्वरमा रहेको गीतलाई अत्याधिक मत प्राप्त भएको थियो । गहकिला शब्द र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।

तपाईको प्रतिक्रिया