काठमाडौँ : नेपाली सांगीतिक क्षेत्रमा करिब पाँच दर्जन आफ्ना गीतहरु रेकर्ड गराइसकेका बहुप्रतिभाका धनि सर्जक, गीतकार किरण केसी क्रोधीले आफ्नै २ वटा गीति एल्बम समेत नेपाली सांगीतिक बजारमा निकालिसकेका छन् l सानै देखि गित संगीतमा रुचि राख्ने गीतकार क्रोधीको पहिलो गित २०३५ सालमा रेकर्ड भएको थियो l जसमा संगीतकार राम थापाको संगीतमा गायक प्रकाश श्रेष्ठ र गायिका राजेश्वरी श्रेष्ठले स्वर भरेका थिए l

काठमाडौँका स्थायी बासिन्दा गीतकार किरण केसी क्रोधिले लगभग ५०० भन्दा बेसी गित रची सकेका छन् त्यस मध्ये ५ दर्जन गित रेकर्ड भईसकेका छन् l चर्चित गायक राजेश पायल राइ, रामकृष्ण ढकाल, दिपक लिम्बु, चर्चित गायिका सहिमा श्रेष्ठ, चर्चित गायिका अन्जु पन्त, गायिका माण्डबि त्रिपाठी, गायिका शर्मिला बर्देवा, गायक काली प्रशाद बास्कोटा, जगदीश समाल, प्रबिशा अधिकारि, नरेन्द्र प्यासी, कुमार कान्छा, मल्लिका कार्की लगायतका चर्चित गायक गायिकाहरुले उनको रचनामा आफ्ना सुमधुर आवाज भरिसकेका छन् l

नेपाली गीत संगीतलाई समृद्धतर्फ लैजानका लागि सर्जक तथा गीतकार किरण केसी “क्रोधी” अहिले लागिपरेका छन् । पहिलो एल्बम “प्रतिष्ठा” सन् २०१० मा बिमोचन गरेका उनले सन् २०१८ मा “प्रसंशा” एल्बम बिमोचन गरेका थिए l गीतकार क्रोधिले चाडैनै तेस्रो गीति एल्बम तथा आफ्ना गीतहरुलाई समेटेर गीति संग्रह समेत प्रकाशित गर्न लागेका छन् l

सांगीतिक क्षेत्रमा गीतकारको रुपमा विभिन्न अवार्ड समेत जित्न सफल उनि गीतकार संघ नेपालका आजिबन सदस्य समेत रहेका छन् l पप गित लोक गित, चलचित्र पाश्र्व गित तथा आधुनिक सबै खालका गीतहरु लेख्न सक्ने क्षमता भएका तथा स्रोताको मन मष्तिकमा आफ्नो छुट्टै छबी बनाउन सफल गीतकार किरण केसी “क्रोधी” गीतकारको साथै बरिष्ट समाजसेवी समेत हुन l उनले धेरै नेपालि कलाकारहरुलाई यूरोपको सांगीतिक कार्यक्रममा समेत सामेल गराएका छन् l
फरक छ अरुको भन्दा l
मेरो देश नेपालको झण्डा ll
बिशालिन्छ छाती यो मेरो l
आफुलाई नेपाली भन्दा ll

तपाईको प्रतिक्रिया